+

टी-२० आईमा अविनाश बोहराले पूरा गरे ५० विकेट

२०८० कात्तिक  २ गते १५:०४ २०८० कात्तिक २ गते १५:०४
टी-२० आईमा अविनाश बोहराले पूरा गरे ५० विकेट

२ कात्तिक, काठमाडौं । नेपाली फास्ट बलर अविनाश बोहराले टी-२० आई क्रिकेटमा ५० विकेट पूरा गरेका छन् ।

टी-२० त्रिकोणात्मक श्रृंखला अन्तर्गत बिहीबार मूलपानी क्रिकेट मैदानमा हङकङ विरुद्धको खेलमा विकेट लिएपछि उनले टी-२० आई मा ५० विकेट पूरा गरेका हुन् ।

अविनाशले १७औं ओभरको तेस्रो बलमा यासिम मुर्ताजालाई कप्तान रोहित पौडेलबाट क्याचआउट गराउँदै ५० विकेट पूरा गरे । त्यसपछि उनले अदित गोरावारालाई पनि आउट गर्दै खेलमा २ विकेट लिएका थिए ।

अविनाश टी-२०आईमा ५० विकेट पूरा गर्ने तेस्रो नेपाली बलर हुन् । यसअघि नै सन्दीप लामिछाने र करणले केसीले ५० विकेट लिइसकेका छन् । सन्दीपले नेपालका लागि सर्वाधिक ८९ विकेट लिएका छन् भने करणले ६९ विकेट लिएका छन् ।

अविनाशले ५० विकेट पूरा गर्दा खुशी लागेको र योजना अनुसार खेल्दा सफल भएको बताए । ‘हामी आफ्नो योजनामा क्लियर थियौँ । मैले पनि सोचेको थिएँ । त्यसमा सफल भयौँ’, उनले भने ।

सन् २०१९ मा युएई विरुद्ध टी-२० आईमा डेब्यु गरेका अविनाशले नेपालका लागि ४१ खेल खेलिसकेका छन् । डेथ ओभर स्पेसलिस्टको रुपमा परिचित अविनाशले असोजमा चीनमा भएको एसियाडमा माल्दिभ्स विरुद्ध ६ विकेट लिँदै एकै खेलमा धेरै विकेट लिने नेपाली बलरको कीर्तिमान पनि बनाएका थिए ।

अविनाश बोहरा
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय