
२ कात्तिक, काठमाडौं । शिक्षक सेवा आयोगले शिक्षक बढुवाको परीक्षामा कार्यरत जिल्लामा मात्र प्रतिस्पर्धा गर्न दिने भएको छ ।
आयोगको गत मंगलबारको बैठकले आन्तरिक परीक्षाबाट पदपूर्ति गरिने २५ प्रतिशत पदमा कार्यरत जिल्लामा मात्र प्रतिस्पर्धा गर्न पाइने निर्णय गरेको हो ।
आयोगले प्रकाशित गरेको सूचनामा भनिएको छ, ‘…हाल कार्यरत जिल्ला र प्रतिस्पर्धा गर्ने जिल्ला एउटै भएमा मात्र परीक्षामा सहभागी हुन सक्ने ।’
आयोगले यही अनुसार मात्र परीक्षामा सहभागी गराउन सम्बन्धित परीक्षा केन्द्रलाई आग्रह गरेको छ । आयोगले शिक्षक बढुवाको लिखित परीक्षा ९ मंसिरमा सञ्चालन गर्दैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4