२ कात्तिक, काठमाडौं । त्रिकोणात्मक टी-२० श्रृंखलाको दोस्रो खेलमा नेपालले हङकङमाथि ६ विकेटको सानदार जित निकालेको छ ।
हङकङले दिएको ९५ रनको सामान्य लक्ष्य नेपालले १३.५ ओभरमा ४ विकेट गुमाएर भेट्टायो ।
नेपालका लागि आसिफ शेखले सर्वाधिक ४२ रन बनाए । कप्तान रोहिन पौडेलले नटआउट २५ तथा गुल्सन झाले नटआउट १४ जोडे ।
कुशल भुर्तेलले ८ रन जोडे । सन्दीप जोरा ३ र कुशल मल्ल १ रनमा आउट भए ।
मुलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको हङकङले १९.३ ओभरमा ९४ रन बनाउँदा सबै विकेट गुमाएको थियो ।
हङकङलाई खेल सकिन ३ बलअघि नै अल आउट गर्ने क्रममा करण केसीले ४ विकेट लिए ।
प्रतिक्रिया 4