+
+

स्थानीय सरकार सञ्चालन ऐनको कार्यान्वयन गर्न जिसस महासंघको माग

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २ गते १७:५०

२ कात्तिक, पोखरा । जिल्ला समन्वय समिति महासंघ गण्डकीले स्थानीय सरकार सञ्चालन ऐनको दफा ९५ तत्काल कार्यान्वयन गर्न आग्रह गरेको छ ।

मुस्ताङको जोमसोममा भएको चौथो बैठकले प्रदेश र संघीय सरकार मातहतका कार्यालयसँगको समन्वयका निम्ति ऐन कार्यान्वयनमा ल्याउन माग गरेका हुन् ।

स्थानीय सरकार संचालन ऐन दफा ९५ मा जिल्ला सभासँगको समन्वयमा गण्डकी प्रदेशका नेपाल सरकार तथा प्रदेश सरकारका कार्यालयहरूले जिल्ला समन्वय समितिसंग समन्वय गरी कार्य गर्नु पर्नेछ भने पनि व्यवहारमा धेरै समस्या रहेकाले महासंघको ठहर छ ।

नेपाल सरकारले संविधानको धारा २३२ अनुसार मातहतका कार्यालयहरूलाई निर्देशन जारी गर्न आग्रह गर्दै जिल्ला समन्वय समितिलाई प्रभावकारी बनाउन आवश्यक नीति निर्माण गरिदिन महासंघको बैठकले माग गरेको छ ।

अहिलेसम्म समन्वय, अनुगमन, सहजीकरण र सन्तुलित विकास सम्बन्धी कानुन गण्डकी प्रदेश सरकारबाट नबाइएकोमा समन्वय समितिहरुले आपत्ति जनाएका छन् ।

उनीहरुले छिटो कानुन, ऐन, कार्यविधि, निर्देशिका निर्माण गरी जिल्ला समन्वय समितिको भूमिकालाई प्रभावकारी बनाउन ठोस् पहल गर्न माग गरेको जिल्ला समन्वय समिति महासंघ गण्डकीका अध्यक्ष लिलाधर पौडेलले जानकारी दिए ।

पौडेलका अनुसार गण्डकी प्रदेश अन्तर्गतका सबै जिल्ला समन्वय समितिहरूले वार्षिक समीक्षा गोष्ठी, अर्धवार्षिक समीक्षा गोष्ठी, जिल्ला सभा र अन्य सबै गतिविधिहरू वार्षिक कार्ययोजना तालिका बनाई कार्यान्वयन गर्ने लगायतको निर्णय भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?