+
+

न्याम्सका सभा सदस्यमा थप दुई जना मनोनित

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक ३ गते १३:२२

३ कात्तिक, काठमाडौं । सरकारले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को सिनेट सदस्यमा अमुदा श्रेष्ठ र पदमबहादुर गिरीलाई मनोनित गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सिफारिसमा बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले श्रेष्ठ र गिरीलाई सदस्यमा मनोनित गर्ने निर्णय गरेको हो ।

उनीहरुलाई प्रतिष्ठान ऐन २०६३ को दफा ७ को उपदफा (२) को (ध) बमोजिम मनोनयन गरिएको भनिएको छ । लब्ध प्रतिष्ठित विज्ञान तथा समाजसेवीहरु मध्येबाट महिला समेत प्रतिनिधित्व हुने गरी क्याबिनेटले श्रेष्ठ र गिरीको मनोनयन गरेको हो । उनीहरुको कार्यकाल तीन वर्षको हुनेछ ।

न्याम्सको सर्वोच्च निकायको रुपमा मानिने सभा (सिनेट) को अध्यक्ष सहकुलपति अर्थात स्वास्थ्य मन्त्री रहने व्यवस्था छ । कुल २४ सदस्यीय सभामा सदस्य सचिवको भूमिका न्याम्सको रजिष्ट्रारले निर्वाह गर्दछन् ।

पछिल्लो मनोनयनसंगै अब न्याम्सको सिनेट सदस्यमा देखिएका रिक्त पदहरु पूर्ण भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?