३ कात्तिक, काठमाडौं । नेपाल एकायन कराते संघले १९ औं एसियाली खेलकुदमा ऐतिहासिक रजत पदक जितेकी करातेकी एरिका गुरुङलाई बिहीबार नगदसहित सम्मान गरेको छ ।
संघले विजयादशमी, शुभ दिपावली, नेपाल संवत ११४४ तथा छठ पर्वको पावन अवसरमा खुशिबुँस्थित बहुउद्देश्यीय मार्सल आर्ट केन्द्रमा आयोजना गरेको कार्यक्रममा एरिकालाई नगद २० हजार रुपैयाँसहित सम्मान गरेको हो ।
एसियाली खेलकुदको करातेमा नेपालका लागि एरिकाले जितेको रजत पहिलो हो । सो अवसरमा एसियाली खेलकुदका प्रशिक्षक कुशल श्रेष्ठ, छोरी डंगोल र वीरकृष्ण महर्जन तथा व्यवस्थापक निवासगोपाल वैद्यलाई पनि प्रशंसा पत्र प्रदान गरी सम्मान गरिएको थियो ।
उनीहरुलाई संघीय सांसद विराजभक्त श्रेष्ठ, बागमती प्रदेशका सांसद् बसन्त मानन्धर र नेपाल एकायन कराते संघका अध्यक्ष श्रीकृष्ण डंगोलले सम्मान गरे ।
प्रतिक्रिया 4