+
+

‘भष्मे डन’को गीत ‘मेरो शिव’ सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक ३ गते १३:४३

काठमाडौं । फिल्म ‘भष्मे डन’को मर्मस्पर्शी नयाँ गीत ‘मेरो शिव’ सार्वजनिक भएको छ । शनिबारबाट प्रदर्शनको तयारीमा रहेको फिल्मको त्यसअघि यो गीत ल्याएको हो ।

गीतमा कृष्ण उदासीको शब्द रचना, किरण भुसालको संगीत तथा शान्तिम कोइराला र र्‍यापर युनिक पोइटको स्वर समावेश छ । दीपेन्द्र के खनालको निर्देशनमा निर्माण भएको फिल्मले भष्मे डन पात्रको जीवन यात्राको कथा पेश गर्छ ।

फिल्ममा स्वस्तिमा खड्का, विपिन कार्की, सौगात मल्ल, रविन्द्रसिंह बानियाँ, माओत्से गुरुङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखक, मिश्री थापा, सजन थापामगर, विभु पौडेल, प्रकाश दाहालको पनि अभिनय छ ।

टुकी आर्ट्सको ब्यानरमा निर्माण भएको फिल्मलाई खगेन्द्र लामिछानेले निर्माण तथा लेखन गरेका हुन् । निरज कँडेलको डीओपी, कृष्ण थापाको छायांकन, दीर्घ खड्काको सम्पादन, कृष्ण भारद्वाजको संगीत छ ।

लेखक लामिछानेले यो नाम मात्रको सिक्वेल नभई अर्थपूर्ण र तर्कपूर्ण रहेको बताउँछन् । फिल्मलाई नेपालमा डीसीएन, टी–फक्स र रिच इन्टरटेनमेन्ट अनि भारतमा सुष्मा प्रोडक्सन र विश्वभर सेभेज सिजले वितरण गर्दैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?