+

बिली जिन किङ कप टेनिसमा नेपालको लगातार दोश्रो जित

२०८० कात्तिक  ३ गते १३:५९ २०८० कात्तिक ३ गते १३:५९
बिली जिन किङ कप टेनिसमा नेपालको लगातार दोश्रो जित

३ कात्तिक, काठमाडौं । नेपाली महिला टेनिस टोलीले बिली जिन किङ कपअन्तर्गत एसिया-ओसिएना ग्रुप ३ को प्रतियोगितामा बिहीबार लगातार दोश्रो जित हात पारेको छ ।

दोस्रो खेलमा नेपालले टिम इभेन्टमा ब्रुनाइलाई ३–० ले पराजित गर्‍यो  ।

यसअघि पहिलो दिन नेपालले ताजाकिस्तानलाई पनि ३–० ले नै हराएको थियो ।

पहिलो सिंगल्समा नेपालकी सुनिरा थापाले मिङ रुइ चोङलाई ६–० र ६–१ तथा दोश्रो सिंगल्समा नेपालकी अभिलाषा विष्टले जिया हुइ तानलाई ६–० र ६–० कै सोझो सेटमा पाखा लगाए ।

डबल्समा नेपालका अभिलाषा र माहिका राणाको जोडीले  मिङ र एड्रियना सिमको जोडीलाई सीधा सेटमा ६–० र ६–० ले पन्छाए ।

समूह चरणको अन्तिम खेलमा नेपालले शुक्रबार कतारसँग खेल्ने छ ।

अभिलाषा विष्ट सुनिरा थापा
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय