+

हङकङमाथि यूएई ६ विकेटले विजयी

२०८० कात्तिक  ५ गते १४:३६ २०८० कात्तिक ५ गते १४:३६
हङकङमाथि यूएई ६ विकेटले विजयी

४ कात्तिक, काठमाडौं । त्रिकोणात्मक टी-२० श्रृंखलामा यूएईले हङकङलाई ६ विकेटले पराजित गरेको छ ।

आइतबार मुलपानी क्रिकेट मैदानमा हङकङले दिएको १५० रनको लक्ष्य यूएईले १८ ओभरमा ४ विकेट गुमाएर भेट्टायो । उसका लागि कप्तान मोहम्मद वासिमले सर्वाधिक ४० रन बनाए भने खालिद शाहले ३७ रनको योगदान दिए ।

यसअघि पहिले ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १४९ रन बनाएको थियो ।

उसको सुरुआत भने खराब थियो । पावर प्लेमा २५ रन जोड्दा तीन विकेट गुमाएको हङकङको पारी बाबर हायात र एजाज खानले सम्हालेका थिए । दुवैले चौथो विकेटका लागि ११४ रनको साझेदारी गरे । बाबरल ६६ रन बनाउँदा एजाजले ४८ रन जोडे ।

यूएईका निलांश केसवानीले २ विकेट लिए ।

त्रिकोणात्मक टी-२० श्रृंखला
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय