+

त्रिकोणात्मक सिरिज : फाइनल पुगिसकेको नेपाल आज युएईसँग खेल्दै

२०८० कात्तिक  ६ गते ८:५८ २०८० कात्तिक ६ गते ८:५८
त्रिकोणात्मक सिरिज : फाइनल पुगिसकेको नेपाल आज युएईसँग खेल्दै

६ कात्तिक, काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक टी-२० क्रिकेट सिरिजमा एक खेल अगावै फाइनल प्रवेश गरिसकेको नेपालले आज यूएईसँग खेल्दैछ । खेल मुलपानी क्रिकेट मैदानमा बिहान ११ बजे सुरु हुनेछ ।

हङकङ पनि सम्मिलित सिरिजमा नेपाल लगातार तीन खेल जित्दै एक खेल अगावै फाइनल प्रवेश गरिसकेको छ । नेपालले यसअघि युएईलाई पहिलो खेलमा ७ विकेटले हराएको थियो ।

युएईलाई पनि नेपाललाई हराउँदै फाइनल पुग्ने अवसर छ । यसअघि नेपालसँग पराजित भएको युएईले आइतबार हङकङलाई पराजित गरेको थियो ।

नेपाल ३ खेलमा ६ अंक जोडेर शीर्ष स्थानमा छ । यूएई २ खेलबाट २ अंकसहित दोस्रो स्थानमा छ । लगातार तीन खेल हारेको हङकङ अंक विहीन हुँदै पुछारमा छ ।

त्रिकोणात्मक सिरिज
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय