
काठमाडौं । वेब सिरिज ‘कैँची’को निर्माण घोषणा गरिएको छ । दशैं अवसरमा टिजर सार्वजनिक गर्दै निर्माताले सिरिज बनाउने जनाएका हुन् ।
मधेशको सेटअपमा खिचिएको टिजरमा कलाकारहरु कामेश्वर चौरासिया, काजल कर्ण, रियाज आचार्य र दीपक आरजेलाई स्थान दिइएको छ । सत्य घटनाबाट प्रभावित भनिएको सिरिजमा पारिवारिक सम्बन्ध र कलहलाई चित्रण प्रयत्न गरिएको छ ।
कैँचीको कथा अभिनेता कामेश्वर चौरासिया आफैले लेखेका हुन् । पटकथा तथा संवाद लेखनमा भने उनलाई निर्देशक नरेशनाथ योगी किङ योगीले सघाएका छन् । यो सिरिजको निर्देशन पनि नरेश आफैले गर्दैछन् ।
बड्डी इन्टरटेनमेन्ट र ढाका टोपी फिल्मस्को व्यानरमा निर्माण हुने सिरिजमा समिर खरेल र दिपक आरजे निर्माताको रुपमा छन् । मित्र गुरुङको सम्पादन, राजेन्द्र मोक्तानको कलर, मनिष भट्टको मुख्य सहायक निर्देशन, शैलेस श्रेष्ठको पाश्र्वध्वनी हुनेछ ।
प्रतिक्रिया 4