+
+

युद्ध रिपोर्टिङ गरिरहेका पत्रकारको दर्द : छोरी घर फिरौं भन्छे, गाजा फर्किन सकिंदैन भन्न सकेको छैन

रुस्दी अबुअलौ रुस्दी अबुअलौ
२०८० कात्तिक ६ गते १८:३७
रुस्दी अबुअलौ परिवारको साथमा

६ कात्तिक, काठमाडौं । दुई दिनअघि मेरी श्रीमती र दुई बच्चाको झण्डै मृत्यु भएको थियो । खान युनिस शहरको चार तले घरको भुईंतलामा उनीहरु बस्थे । म अस्पतालको टेन्टमा सुत्थे । श्रीमती र मेरा दुई छोरी मलाई भेट्न आउने तरखरमा थिए । इजरायली रकेट उनीहरु बसेको घरको माथिल्लो तल्लामा खस्यो । मेरा छोरीहरु आमालाई समेत छोडेर सडकमा आए । मेरी श्रीमतीको टाउकोमा भग्नावशेषबाट उछिट्टिएको ढुंगा बजारियो । उनको सायद दिन बलियो रहेछ, उनलाई सानो मात्रै चोट लाग्यो ।

आमालाई चोट लागेदेखि मेरा छोरीहरु निकै तनावमा छन् । त्यस रात उनीहरु रोइराखे । मेरा छोरीहरुलाई साम्य पार्नका निम्ति मैले चिकित्सककै साहयता लिनुपर्‍यो ।

मेरा परिवार अझै पनि त्यही रकेट खसेको घर नजिकै बस्छन् । उनीहरु त्रासमा छन् । कुन बेला के हुने टुंगो नभएपछि आँखा चिम्लिँदै सकुशलताका लागि कामना गरिरहेछन् ।

दुई साताको अवधिमा मसहित मेरी पत्ती, ९ वर्षीया जुम्ल्याहा छोरी र १८ वर्षीय छोरा दुई पटक विस्थापित भइसक्यौं । सर्दासर्दै डस्नासमेत प्वाल परिसक्यो । आफूलाई मनपर्ने सबै कुरा छोडेर हिँड्नुपर्दा मेरा छोरीहरु निकै निराश छन् ।

गाजामा अचेले जीवन र मरण समानझैँ छन् । बमवर्षा अझै पनि नियमित छ । बम फाल्नेले विवेक नपुर्‍याएपछि हानिएको त्यस बमले बालक, वृद्ध, निहत्था वा हतियारधारी छुट्याउने कुरा भएन । बच्चा युवा, वयश्क तथा वृद्ध सबै तनावमा छन् ।

यो त्रासदी कम गर्नका लागि मेरा छोरीहरु मलाई च्याप्प समाएर टाँसिन्छन् । मेरो अँगालोमा उनीहरु निकै सुरक्षित महशुस गर्छन् । तर यो निराशा लामै जानेवाला छ । यसबाट मेरा छोराछोरीका उमेरका सबैलाई बाहिर ल्याउनका लागि हामीलाइ सहयोग आवश्यक छ ।

मेरा दुवै छोरी गाजा सहरमा जाने कुरा गर्छन् । उनीहरुको चाहना उतै फर्किने छ । किनभने उनीहरुको सबै प्रिय कुरा गाजामै छ ।

यो तनावको स्थितिअघि प्यालेस्टाइनले भन्दा राम्रै जीवन हामीले बिताइरहेका थियौँ । विद्युत आपूर्ति सीमित थियो । खानेपानी आपूर्ति न्यून भए पनि हामीले ठीकठाकै जीवन जिरहेका थियौँ । प्यालेस्टाइनहरुले यो भूमि छोडेर जान नपाए पनि हामीले छुट्टी मनाउन कहिले स्थानबुल, साइपरस, इजिप्ट, जोर्डन गइरहेका हुन्थ्यौं । गाजा शहरमा बिचदेखि ४०० मिटरको दूरीमा हाम्रो निवास थियो । म मेरा सन्तान र श्रीमतिसँगै त्यहाँ हरेक बिहान पुग्थ्यौँ । मेरो छोरो पढ्नका लागि विश्वविद्यालय जान्थ्यो। उनीहरु घोडचढी र पौडी खेल्न जान्थे । म साँझको समयमा उनीहरुसँग खेल्थेँ । मेरा छोराछोरी हुर्किएको स्थान बमले मखण्डहर भइसकेको छ ।

प्राय साँझ मर मेरा साथीहरुसको निवासमा गएर कफी खाने र तास खेल्ने गर्थेँ । उनीहरु पनि मेरामा आउँथे । बेलाबखत हामी परिवार रेष्टुरेन्ट जान्थ्यौँ । अहिले त हामी जाने रेस्टुरेन्ट पनि ध्वस्त छन् ।

तमान कठिनाइका बाबजुद पनि हामी बाँचिरहेछौँ । गाजा जहिले पनि युद्धको मैदान हुनेछैन भन्ने आशा हामीमा छ । गाजा जब शान्त हुन्छ त्यसबेला हामीले शान्त परिवेशको पनि अनुभव गर्दे आनन्द लिने गरेका छौँ। आशा छ गाजा फेरि शान्त हुनेछ ।

युद्धको मध्य अवस्थामा पनि हामीले आफूलाई निराशामा नधेकल्न सक्दो प्रयास गरेका छौँ । मेरा बच्चाहरु म काम गरिरहेको अवस्थामा मलाई हेर्न आउँछन् । मेरा बच्चाहरु ज्याकेट, हेल्मेट र माइक बोकेर आफू पनि म जस्तै संवाददाता बन्ने कोशिस गर्छन् । उनीहरु हामी फेरि गाजामा पुग्नेछैनौँ भन्ने कुरामा विश्वास गर्दैनन् ।

हरेक दिन दक्षिणी क्षेत्रमा बस्ने चिकिसत्सक तथा अन्य व्यक्तिले मलाई त्यहाँ भएका नोक्सानीबारे जानकारी गराउँछन् । यो युद्ध अन्त्य हुने वित्तिकै मैले मेरो परिवारलाइ गाजाबाट बाहिरै राख्ने प्रण गरेको छु । गाजाका लागि मेरो परिवारका धेरै सदस्यले त्याग गरिसकेका छन् ।

गाजाको दक्षिणी क्षेत्रमा जानुअघि मैले मेरो निवासको सबै दृश्य नियाल्येँ । त्यहाँका स्मृतिहरु सँगाले । ‘प्रिय यो राम्रो घरमा संभवत हामी फर्केने छैनौँ,’ मैले मेरो श्रीमतीलाई भनेँ ।

आज म एउटा पालमा सुतिहरेको छु । समुन्द्रको छेउमा रहेको निवासमा कफी पिउने अब सपना मात्रै हुने भएको छ । उनीहरुका प्रिय कुरा सबै गाजामा छोडेकाले उनीहरु घरजाउँ भन्छन् । गाजामा हामी फर्किन सक्दिँन भनेर मैले उनीहरुलाई सम्झाउन सकिरहेको छैन ।

 

बीबीसीबाट ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?