८ कात्तिक, काठमाडौं । अष्ट्रेलियाका ग्लेन म्याक्सवेलले विश्वकप क्रिकेटमा सबभन्दा कम बलमा शतकको रेकर्ड बनाएका छन् ।
बुधबार भारतको दिल्लीमा टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाका म्याक्सवेलले मात्र ४० बलमा शतक बनाएका हुन् । यसअघि दक्षिण अप्रिकाका एडिन मार्करमले श्रीलंकाविरुद्ध ४९ बलमा शतक पूरा गरेका थिए ।
मार्करमको रेकर्ड म्याक्सवेलले १८ दिनमै तोडे । उनी १०६ रनमा आउट भए । ४४ बलको सामना गरेका उनले ९ चौका र ८ छक्का प्रहार गरे ।
प्रतिक्रिया 4