९ कात्तिक, काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा बोरुसिया डर्टमण्डले महत्वपूर्ण जित हात पारेको छ ।
बुधबार राति भएको खेललमा डर्टमण्डले न्यूक्यासल युनाइटेडलाई १-० गोल अन्तरले हराएको हो ।
न्यूक्यासलको पहिलो हार हो । गत सिजन प्रिमियर लिगमा प्रभावशाली प्रदर्शन गर्दै च्याम्पियन्स लिगमा स्थान बनाएको न्यूक्यासलले पहिलो खेलमा एसी मिलानलाई बराबरीमा रोकेको थियो भने दोस्रो खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई हराएको थियो ।
न्यूक्यासलको घरेलु मैदान सेन्ट जेम्स पार्कमा भएको खेलमा भने डर्टमन्डले पहिलो हाफको अन्तिम मिनेटमा अग्रता लियो । उसका लागि फिलिक्स एनमेकाले गोल गरे ।
बुधबार नै भएको अर्को खेलमा पीएसजीले एसी मिलानमाथि ३-० को जित निकालेको छ ।
यससँगै समूह एफको समीकरण रोचक बनेको छ । तीन खेलबाट ६ अंक जोडेको पीएसजी शीर्ष स्थानमा छ भने समान ४/४ अंक जोडेको बोरुसिया डर्टमन्ड र न्यूक्यासल क्रमशः दोस्रो र तेस्रो स्थानका छ । २ अंक जोडेको एसी मिलान भने समूहको पुछारमा छ ।
प्रतिक्रिया 4