+
+

प्रधानन्यायाधीश श्रेष्ठ चीन प्रस्थान

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक ११ गते २०:२१

११ कात्तिक, काठमाडौं । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ चीन भ्रमणमा गएका छन् । चीनको सुप्रिम पिपुल्स कोर्ट अफ चाइनाका अध्यक्षको निमन्त्रणामा श्रेष्ठ नेतृत्वको टोली चीन भ्रमणमा गएको हो ।

प्रधानन्यायाधीशको टोलीले कात्तिक १५ देखि १७ गतेसम्म चीनको सुप्रिम पिपुल्स कोर्ट अफ चाइनाको औपचारिक भ्रमण गर्नेछ ।

त्यसक्रममा सुप्रिम पिपुल्स कोर्ट अफ चाइनाका अध्यक्ष तथा अदालतका उच्च अधिकारीसँग औपचारिक भेट गर्नुका साथै कानुन र न्याय प्रणालीसँग सम्बन्धित आपसी सहयोगका क्षेत्रहरुमा छलफल गर्ने कार्यक्रम रहेको सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले जानकारी दिए ।

त्यसअघि नेपाली भ्रमण टोलीले सिञ्ज्याङ प्रदेशमा चाइना ल सोसाइटीले कात्तिक १२ देखि १४ सम्म आयोजना गर्ने सेन्ट्रल एसिया एण्ड साउथ एसिया लिगल फोरमको कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको पोखरेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रधानन्यायाधीशको भ्रमण टोलीमा उनकी पत्नी रोशनी अमात्य श्रेष्ठ, न्यायाधीश डा. आनन्दमोहन भट्टराई र उनकी पत्नी पुष्पा भट्टराई, सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार लालबहादुर कुँवर र शाखा अधिकृत नविनकुमार यादव सहभागी छन् । प्रधानन्यायाधीश श्रेष्ठको टोली १७ कात्तिकमा स्वदेश फर्किने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?