
१२ कात्तिक, काठमाडौं । भारतीय राज्य केरलको कोची सहरमा भएको श्रृखलावद्ध बम विस्फोटमा एक जनाको मृत्यु भएको छ भने २५ भन्दा बढी घाइते भएका छन् ।
जमरा इन्टरनेशनल कन्भेन्सन सेन्टरमा तीन दिनदेखि इसाय समुदाय येहोवा विटनेसको कार्यक्रम चलिरहेको थियो ।
हजारभन्दा बढी मानिस सहभागी कार्यक्रम चलिरहेको बेला विस्फोट भएपछि भागदौड मच्चिएको थियो ।
घाइतेहरुको कलामेसरी मेडिकल कलेजमा उपचार भइरहेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
केरलका मुख्यमन्त्री पी विजयनले यो घटनालाई गम्भिरतापूर्वक लिएर छानबिन गर्ने बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4