+
+

राष्ट्रसंघका महासचिव गुटेरेस र परराष्ट्र मन्त्री साउदबीच भेटवार्ता

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १२ गते १३:४७

१२ कात्तिक, काठमाडौं । गएराति नेपाल भ्रमणमा आएका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस र नेपालका परराष्ट्रमन्त्री एनपी साउदबीच भेटवार्ता भएको छ ।

उनीहरुबीच परराष्ट्र मन्त्रालयमा भेटवार्ता भएको हो । महासचिव गुटेरेस आइतबार राति नेपाल भ्रमणमा आएका थिए ।

भ्रमणको पहिलो दिन आइतबार उनले राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रपति कार्यालय र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग उनको कार्यालयमा शिष्टाचार भेटवार्ता गर्ने छन् ।

परराष्ट्र मन्त्रालयका अनुसार गुटेरेसले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यतालिका छ ।

त्यस्तै उपप्रधानमन्त्रीद्वय पूर्णबहादुर खड्का र नारायणकाजी श्रेष्ठसँग पनि महासचिव गुटेरेसले भेटवार्ता गर्नेछन् ।

तस्वीर : विकास श्रेष्ठ/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?