+
+

गाडी दुर्घटनामा एमाले नेता नविना लामासहित १० जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १२ गते १७:३५

१२ कात्तिक, काठमाडौं । काभ्रेको बेथानचोकमा गाडी दुर्घटना हुँदा एमाले केन्द्रीय सदस्य नविना लामासहित १० जना घाइते भएका छन् ।

दुर्घटनामा नेकपा एमाले बागमती प्रदेश कमिटीका उपसचिव भक्तकुमारी लामा पनि घाइते भएकी छिन् ।

उनीहरुसहित १८ जना चढेको बा १४ च ७०७७ नम्बरबो बोलेरो गाडी काभ्रेको बेथानचोकस्थित तालढुंगाबाट बेथानचोक आउँदा बाटोमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनास्थलमा पुगेका बेथानचोक १ का वडा अध्यक्ष मधुसुदन तिमल्सिनाका अनुसार गाडी सडकमै पल्टिएको थियो । घाइतेहरुलाई उपचारका लागि धुलिखेल पठाइएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?