
१२ कात्तिक, काठमाडौं । थाइल्याण्डको राष्ट्रिय ध्वजावाहक थाइ एयरवेज इन्टरनेसनलले आइतबारदेखि नेपालमा पुनः उडान सुरू गरेको छ ।
थाइ एयरवेज इन्टरनेसनलले विश्वव्यापी कोभिड–१९ महामारीका कारण २५ मार्च २०२० देखि काठमाडौंका लागि उडान बन्द गरेको थियो ।
सन् १९६८ को डिसेम्बरमा नेपालका लागि पहिलो पटक उडान सञ्चालन गरेको थाइ एयरवेजले नेपाली उड्डयन इतिहासमा लामो समय उडान गरेको छ ।
अष्ट्रेलिया, जापान, कोरिया, मलेसिया र विश्वका विभिन्न शहरहरुमा थाइ एयरवेजको उडान रहेकाले नेपालका यात्रुहरुलाई थप सहज हुने थाइ एयरवेजले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4