
१२ कात्तिक, काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले आइतबार बिहानदेखि साँझसम्म भेटघाटमा व्यस्त भए । राति त्रिभुवन विमानस्थलमा ओर्लिएका उनी बिहानदेखि साँझसम्म भेटघाट गरेका थिए ।
उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री पूर्णबहादुर खड्का र परराष्ट्रमन्त्री एनपी साउदसँग भेटवार्ता गरे ।
प्रधानमन्त्रीसँगको भेटपछि गुटेरेसले प्रधानमन्त्री कार्यालयबाहिर सम्बोधन पनि गरेका थिए । राष्ट्रपतिसँगको भेटपछि भने महासचिव गुटेरेस पाटन दरबार क्षेत्र भ्रमणमा पुगेका थिए । उनलाई ललितपुर महानगरपालिकाका नगर प्रमुख चिरिबाबु महर्जनले पाटन दरबार क्षेत्र भ्रमण गराएका थिए ।
पाटन दरबारक्षेत्र भ्रमणपछि महासचिव गुटेरेस होटल सोल्टीमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आयोजना गरेको रात्रीभोजमा सहभागी भएका छन् ।
हेर्नुहोस् तस्वीरहरु
प्रतिक्रिया 4