
१३ कात्तिक, काठमाडौं । नेरूडे र मिर्मिरे लघुवित्तलाई एकआपसमा मर्जरका लागि राष्ट्र बैंकले स्वीकृति दिएको छ ।
विराटनगर महानगरपालिका–३ मा केन्द्रीय कार्यालय रहेको नेरूडे र बनेपा नगरपालिका–८ मा केन्द्रीय कार्यालय रहेको मिर्मिरेबीच ११ पुस २०७९ मा एकआपसमा गाभ्ने/गाभिने सम्झौता भएको थियो ।
मर्जरका लागि दुवै कम्पनीको स्वाप रेसियो १ बराबर १ अनुपात कायम हुने छ ।
बजारमा दुवै कम्पनीको सेयर मूल्य पनि करिब उस्तै छ । कारोबार बन्द हुँदा मिर्मिरेको मूल्य प्रतिकित्ता ५८१ रुपैयाँ र नेरूडेको ५५९ रुपैयाँ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4