+
+

पोखराको मित्रमिलन सहकारीविरुद्ध उजुरी, अध्यक्ष र प्रबन्धक हिरासतमा

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १३ गते १३:४८

१३ कात्तिक, पोखरा । पोखराको मित्रमिलन सहकारी संस्थाविरुद्ध सहकारी रजिष्ट्रारको कार्यालय, गण्डकीमा बचतकर्ताले उजुरी दिएका छन् ।

आफूहरुको बचत हिनामिना भएको र फिर्ता माग्दासमेत नदिएकोे दाबी गर्दै उनीहरु सहकारी रजिष्टारको आइतबार शरणमा पुगेका हुन् ।

सहकारी रजिष्ट्रारको कार्यालय, गण्डकीका निमित्त प्रमुख ईश्वरी ढकालले मित्रमिलनका ३४ जना बचतकर्ताले एकसाथ उजुरी दिएको जानकारी दिइन् । ‘बचतकर्ताको निवेदन हाम्रो कार्यालयमा आएको छ । अब यहाँबाट छानबिन, अध्ययन हुन्छ,’ उनले भनिन्, ‘प्रहरीले पनि हामीलाई पत्र पठाएको छ । त्यसमा पनि अनुसन्धान हुन्छ ।’

आइतबार सहकारी रजिष्टारको कार्यालय गण्डकीले आवश्यक छानबिनका लागि जिल्ला प्रहरी कार्यालय कास्कीलाई पत्र लेखेको थियो । ‘सहकारी प्रदेश सहकारी रजिष्टारअन्तर्गत खुलेकोले सबैभन्दा पनि उसैले छानबिन गरेर हामीलाई प्रतिवेदन बुझाउनपर्छ । त्यसका लागि हामीले पनि पत्र पठाइसकेका छौं,’ जिल्ला प्रहरी कार्यालय प्रमुख एसपी मोहन थापाले भने ।

सहकारी रजिष्टारको कार्यालयलेे प्रतिवेदन दिनासाथ आफूहरु कानुनी कारबाहीका लागि तयार रहेको एसपी थापाले जानकारी दिए । ‘रजिष्टार कार्यालयले अध्ययन गरेर फेहरिस्त प्रतिवेदन पठाएपछि हाम्रो भूमिका सुरु हुन्छ,’ उनले भने ।

मित्रमिलन सहकारीका अध्यक्ष र प्रबन्धक भने यतिबेला प्रहरी हिरासतमा छन् । बचतकर्तालाई दिएको चेक नसाटिएपछि अध्यक्ष रमण पौडेल र प्रबन्धक किरण अधिकारीविरुद्ध उजुरी परेको थियो ।

बचतकर्ताको उजुरीका आधारमा गत शनिबार उनीहरु प्रक्राउ परेका हुन् । एसपी थापाले बैंकिङ कसुरमा पक्राउ परेका पौडेल र अधिकारीमाथि अनुसन्धान भइरहेको जानकारी दिए ।

२२ सयजनाभन्दा बढी बचतकर्ताको रकम फिर्ता गर्न नसकेपछि अहिले मित्रमिलन सहकारी संकटमा छ ।

सहकारीमा पैसा बचत गरेका बचतकर्ताहरु दैनिक धाउँदा पनि फिर्ता नपाएको गुनासो गर्दै आएका छन् । सहकारीका अनुसार करिब २० करोड रुपैयाँ बचत फिर्ता गर्न बाँकी छ ।

सहकारी पीडितहरू ।

 

सहकारी संकट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?