+
+

बारामा गोली हानेर शिक्षकको हत्या

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १३ गते १५:०२

१३ कात्तिक, काठमाडौं । बाराको कलैया उपमहानगरपालिका–६, मा अज्ञात व्यक्तिको गोली लागेका शिक्षकको मृत्यु भएको छ ।

दिउँसो मोटरसाइकलमा आएको समूहले गोली चलाउँदा बाल एकता इंग्लिस बोर्डिङ स्कुलका प्रधानाध्यापक रुपेश स्वर्णकार (गुड्डु) गम्भीर घाइते भएका थिए ।

गोली लागेलगत्तै उपचारका लागि कलैया अस्पताल लगिएको थियो । तर, उपचार सम्भव नभएपछि फेरि बयोधा अस्पताल पुर्‍याइएको थियो । त्यहाँबाट पनि काठमाडौं रेफर गर्ने तयारी हुँदाहुँदै चिकित्सकहरुले मृत घोषित गरेको केन्द्रीय प्रहरी प्रवक्ता कुवेर कडायतले अनलाइनखबरलाई बताए ।

उनको घाँटी र छातीमा चार राउण्ड गोली लागेको छ । अहिले बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटा, कलैया उपमहानगरपालिकाका मेयर विनोद शाह लगायतको टोली पनि अस्पतालमा पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?