
१३ कात्तिक, काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको छ ।
बैंकले करसहित १९ प्रतिशत नगद लाभांश घोषणा गरेको हो । बैंकको सोमबार बसेको सञ्चालक समिति बैठकले १९ प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।
यो लाभांश बैंकको आगामी साधारणसभा र राष्ट्र बैंकको स्वीकृति पश्चात प्रदान गरिने बैंकले जनाएको छ ।
यसअघि गत आर्थिक वर्ष बैंकले करसहित कुल १६.५१ प्रतिशत नगद लाभांश प्रदान गरेको थियो ।
विगतको लाभांश इतिहास हेर्दा स्ट्यान्डर्ड चार्टर्ड बैंकले बोनस सेयरभन्दा नगद लाभांशलाई जोड दिने गरेको देखिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4