+
+

गुल्मीमा जंगली  च्याउ खाएर ३ जना बिरामी

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १४ गते ७:२८

१४ कात्तिक, गुल्मी । गुल्मीमा जंगली च्याउ खाएर तीन जना बिरामी परेका छन् ।

जिल्लाको इस्मा गाउँपालिका-६ बुल्मका ३९ वर्षीया सरिता कुमाल, ११ वर्षका विमल कुमाल र ८ वर्षीया सुस्मा कुमाल बिरामी परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डिएसपी ) डिल्लीनारायण पाण्डेले बताए ।

जंगली विषालु च्याउ खाएर बिरामी परेका तीन जनालाई थप उपचारको लागि पाल्पास्थित मिसन अस्पतालमा उपचारको लागि लगिएको छ ।

उनीहरुको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?