+

ओमानको लगातार दोस्रो जित

२०८० कात्तिक  १४ गते १२:३५ २०८० कात्तिक १४ गते १२:३५
ओमानको लगातार दोस्रो जित

 

१४ कात्तिक, काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया छनोटमा ओमानले लगातार दोस्रो जित हात पारेको छ ।

समूह ‘ए’ अन्तर्गत मंगलबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा ओमानले सिंगापुरलाई २२ रनले पराजित गरेको हो ।

पहिलो खेलमा मलेसियालाई ३२ रनले पराजित गरेको ओमान सेमिफाइनल नजिक पुगेको छ । समूह ‘ए’ मा २ खेलबाट ४ अंकसहित ओमान शीर्ष स्थानमा छ ।

ओमानले दिएको १७५ रनको लक्ष्य पछ्याएको सिंगापुरले २० ओभरमा ८ विकेट गुमाएर १५२ रन मात्र बनाउन सक्यो । सिंगापुरका लागि सुरेन्द्रन चन्द्रमोहनले सर्वाधिक ४१ र मनप्रित सिंहले ३१ रन बनाए ।

बलिङमा ओमानका बिलाल खान र फयज बटले समान २ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको ओमानले अकिब इल्यासको अर्धशतक मदतमा ६ विकेट गुमाएर १७४ रन बनाएको थियो । अकिबले ३५ बल खेल्दै ४ चौका र ४ छक्का मदतमा सर्वाधिक ६३ रन बनाए । कप्तान जिसान मक्सुदले १६ बलमा २६ रन बनाए ।

सिंगापुरका लागि जनक प्रकाश, रमशे कालिमुथु र अनिश परमले समान दुई विकेट लिए ।

वुमन्स टी-२० विश्वकप एसिया छनोट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय