+

हङकङ बहराइनसँग पराजित

२०८० कात्तिक  १४ गते १२:४३ २०८० कात्तिक १४ गते १२:४३
हङकङ बहराइनसँग पराजित

१४ कात्तिक, काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया छनोटअन्तर्गत समूह ‘बी’ को दोस्रो खेलमा बहराइनले हङकङमाथि सानदार जित हात पारेको छ ।

मुलपानी क्रिकेट मैदानमा भएको खेलमा १४७ रनको लक्ष्य पछ्याएको हङकङलाई ५ बल अगावै १२६ रनमा अलआउट गर्दै बहराइनले २० रनको जित हासिल गरेको हो ।

बहराइनको जितपछि समूह ‘बी’को समीकरण रोमाञ्चक बनेको छ । पहिलो खेलमा यूएईसँग पराजित बहराइनको यो पहिलो जित हो । उता कुवेतलाई पहिलो खेलमा हराएको हङकङको यो पहिलो हार हो । बहराइन र हङकङको दुई खेलबाट समान २/२ अंक छ ।

हङकङका लागि अंशुमन रथले सर्वाधिक २८ रन बनाउँदा जिसान अलीले २१ र नसरुल्ला रानाले १६ रन बनाए ।

हङकङलाई अलआउट गर्न बहराइनका अब्दुल माजिदले ३.१ ओभरमा जम्मा ७ रन खर्चेर ३ विकेट लिए । यस्तै अली दाउद र रिजवान बटले २/२ तथा साथाइया भिरापथिरान र इमरान अनवरले समान एक/एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बहराइनले विकेटकिपर इमरान अलीको अर्धशतक मद्दतमा १९.३ ओभरमा सबै विकेट गुमाएर १४६ रन बनाएको थियो । अलीले ४३ बल खेल्दै ५ चौका र ३ छक्का मदतमा ६२ रन बनाए ।

इमरान अनवरले १५ , हैदर अलीले १४ र रिजवान बटले १३ रन जोडे ।

हङकङका लागि नसरुल्ला रानाले ३ तथा अइजाज खान, एहसान खान र यासिम मुर्तजाले २/२ विकेट लिए ।

वुमन्स टी-२० विश्वकप एसिया छनोट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय