+

नेपालविरुद्ध मलेसियाको आक्रामक ब्याटिङ

२०८० कात्तिक  १४ गते १४:१६ २०८० कात्तिक १४ गते १४:१६
नेपालविरुद्ध मलेसियाको आक्रामक ब्याटिङ

१४ कात्तिक, काठमाडौं । नेपालविरुद्ध टस जितेर पहिलो ब्याटिङ रोजेको मलेसियाले आक्रमक ब्याटिङ गरिरहेको छ ।

११ ओभरको खेल सकिदा मलेसियाले तीन विकेटको क्षतिमा ९० रन जोडेको छ । मलेसियाका लागि ओपनर सायद ऐजले एक छक्का र पाँच चौकासहित ४२ रन जोडेको छ ।

नेपालका अबिनाश बोहोराले ओपनिङ पाटनरसीप ५.५ ओभरमा तोड्दा मलेसियाले ५८ रन जोडिसकेको थियो । ओपनर जुबैदी जुकइफ्लीलाई बोहोराले कुशल मल्लबाट क्याच आउट गराएका थिए ।

जुबैदीले १६ बलमा तीन चौकासहित २६ रन जोडे । दोस्रो विकेटका रुपमा सातौं ओभरको अन्तिम बलमा कप्तान अहमद फैज रन आउट भए । फैजले ४ बलमा तीन रन जोडेर आउट भए । सन्दीप लामिछानेको बलमा करण केसी र आसिफ शेखले उनलाई रन आउट गराएका थिए । ११ ओभरको पहिलो बलमा लामिछानेले भिरानदीप सिंहलाई एलबीडल्बु गराए ।

टी-२० विश्वकप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय