+
+

जाँडरक्सी खाएर महिलालाई दुर्व्यवहार गरेपछि डीएसपी भट्टराईमाथि छानबिन

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १४ गते १५:११

१४ कात्तिक, काठमाडौं । मादक पदार्थ सेवन गरेर महिलाहरुलाई दुर्व्यवहार गरेको आरोपमा डीएसपी भीमलाल भट्टराईमाथि प्रहरीले छानबिन थालेको छ ।

केन्द्रीय प्रहरी प्रवक्ता कुवेर कडायतका अनुसार, जिल्ला प्रहरी कार्यालय हुम्लाको प्रमुख रहेका गरेका बेला मादक पदार्थ सेवन गरेर दुर्व्यवहार गरेको उजुरी परेपछि छानबिन थालिएको छ ।

‘कर्णाली प्रदेश प्रहरी कार्यालयले पनि उहाँमाथि छानबिन गरिरहेको छ, केन्द्रबाट पनि छानबिनका लागि समिति बनाउने तयारी छ’, उनले अनलाइनखबरसँग भने, ‘उहाँलाई दशैंबाट अगाडि नै निलम्बन समेत गरिएको छ ।’

प्रहरी अधिकृतहरुका अनुसार, उनले मादक पदार्थ सेवन गरेर महिला प्रहरीसहित बाहिरका महिलालाई समेत दुर्व्यवहार गरेको उजुरी परेको छ । उजुरी परेपछि उनलाई निलम्बन गरेर जिल्ला प्रहरी कार्यालय, हुम्लाका प्रमुखको जिम्मेवारी रवीन्द्र खनाललाई दिइएको छ ।

२०७७ सालको वैशाख अन्तिममा इलाका प्रहरी कार्यालय, बुटवलको प्रमुख रहेका बेला पनि भट्टराई यस्तै प्रकरणमा कारबाहीमा परेका थिए ।

मादक पदार्थ सेवन गरेर अभद्र व्यवहार गरेपछि उनलाई तत्कालीन ५ नं. प्रदेश प्रहरी कार्यालयले जिम्मेवारीबाट हटाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?