
१४ कात्तिक, काठमाडौं । नेकपा एमालेले बुधबार आयोजना गरेको चियापानमा नेकपा एकीकृत समाजवादीका नेताहरुलाई पनि निमन्त्रणा दिइएको छ ।
दशैं, तिहार, छठ, नेपाल संवत लगायत चाडको अवसरमा राखिएको चियापानमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री झलनाथ खनाल, महासचिव घनश्याम भूसाल लगायत नेतालाई निमन्त्रणा पठाइएको हो ।
‘संसदमा भएका दलका नेताहरु सबैलाई निमन्त्रणा पठाइएको छ । त्यसै क्रममा एकीकृत समाजवादीका नेताहरुलाई पनि पठाइएको हो’, केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले भने ।
वर्षेनि एमालेले गर्ने चियापानमा एकीकृत समाजवादीका नेताहरुलाई यसअघि निम्तो दिइने गरेको थिएन । २ भदौ २०७८ मा एमालेबाटै अलग भएर गएको एकीकृत समाजवादीलाई एमाले नेताहरुले अलग दलको रुपमा स्वीकार्ने गरेका थिएनन् ।
पूर्वप्रधानमन्त्री खनालले एमालेको चियापानमा आफू जाने बताए ।
प्रतिक्रिया 4