
१४ कात्तिक, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्को (सीटीईभीटी) सदस्य सचिवको लागि कार्ययोजना प्रस्तुतिकरण र अन्तर्वार्ता मिति तोकेको छ ।
शाखाले सूचना सार्वजनिक गर्दै ८ जना उम्मेदवारको नामावली सहित १७ र १८ कात्तिकमा मन्त्रालयको डकुमेन्टेसन हलमा कार्ययोजना प्रस्तुतिकरण र अन्तर्वार्ता हुने जनाएको छ ।
शाखाको अनुसार १७ कात्तिकमा दिउँसो ३ बजेदेखि अरविन्दकुमार चौधरी, महेश भट्टराई, भुवनेश्वर देवकोटा र नलराम देवकोटाको कार्ययोजना प्रस्तुतिकरण र अन्तर्वार्ता हुनेछ ।
१८ कात्तिकमा दिउँसो ३ बजेदेखि टेकबहादुर मल्ल, अनोज भट्टराई, विनोद बडाल र प्रमोदभक्त आचार्यको कार्ययोजना प्रस्तुतिकरण र अन्तर्वार्ता हुनेछ ।
शाखाले उम्मेदवारलाई कार्ययोजना प्रस्तुतिकरणको लागि विद्युतीय प्रतिसहित उपस्थित हुन अनुरोध गरेको छ ।
प्रतिक्रिया 4