+
+

नेपाल भ्रमण पूरा गरी फर्किए महासचिव गुटेरेस

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १५ गते १०:५५

१५ कात्तिक, काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस नेपालको चार दिने भ्रमण पूरा गरी फर्किएका छन् ।

गुटेरेस बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बेलायततर्फ प्रस्थान गरेका हुन् ।

नेपाल भ्रमणको क्रममा गुटेरेसले मंगलबार संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्दै संक्रमणकालीन न्याय टुंगोमा पुर्याउने काममा नेपाल एक्लै नरहेको भन्दै त्यसलाई सघाउन राष्ट्रसंघ तयार रहेको बताएका थिए ।

त्यसअघि सोही दिन दिउँसो लुम्बिनी क्षेत्रको भ्रमण गरी उनले विश्व शान्तिमा नेपालको योगदानको चर्चा गर्दै युद्धरत मुलुकहरुलाई शान्ति कायम गर्न आह्वान गरेका थिए ।

नेपालमा रहँदा उनले सगरमाथाको आधार शिविर अन्नपूर्ण पदमार्गसमेत भ्रमण गरे । त्यहाँबाट उनले जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेका असरको विश्व समुदायको ध्यानाकर्षण गराएका थिए ।

उनले संघीय संसदमा पनि जलवायु परिवर्तनको असरबारे बोल्दै जलवायु परिवर्तनको संकटमा नेपालको मुद्दालाई अन्तर्राष्ट्रियकरण गरिदिएका छन् ।

नेपाल भ्रमणको क्रममा उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगायतसँग भेटवार्तासमेत गरेका थिए ।

तस्वीर : विकास श्रेष्ठ/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?