+
+

श्रम स्वीकृति नलिई विदेश गएकाले पनि मतदान गर्न पाउनुपर्छ : रवि लामिछाने

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १५ गते १९:२३

१५ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बिना श्रम स्वीकृति विदेश गएकाले पनि विदेशबाट मतदान गर्न पाउनुपर्ने बताएका छन् ।

बिना श्रम स्वीकृति विदेश जानु धेरै नेपालीको बाध्यता भएकाले श्रम स्वीकृति लिएकालाई मात्रै मताधिकार दिने प्रस्तावमा पुनबिर्चार गर्न उनको आग्रह छ ।

बुधबार प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा निर्वाचन आयोगको कामकारबाहीका विषयमा छलफल थियो ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले विदेशमा रहेका नेपालीहरुको मतदाता संकलनको कार्य सुरु गर्न लागिएको र विदेशबाट मतदान गर्ने व्यवस्थाका लागि कानुन बनाउने प्रक्रिया अगाडि बढेको बताएका थिए ।

त्यसपछिको छलफलमा भाग लिँदै रास्वपा सभापति लामिछानेले गैरकानुनी रुपमा बसिरहेकाहरुलाई पनि मताधिकार दिइनुपर्ने बताएका हुन् । ‘श्रम स्वीकृत नलिएर विदेशमा बसेको भएपनि ती नेपाली हुन् । उनीहरुसँग नेपाली नागरिकता हुन्छ । त्यसकारण इलिगल गएकाहरुले पनि मतदान गर्न पाउनुपर्छ’, सभापति लामिछानेले भने ।

निर्वाचन आयोगले विदेशमा रहेका नेपालीहरुले समानुपातिक निर्वाचन प्रणालीतर्फ मतदान गर्न सक्ने गरी एकीकृत निर्वाचन कानुन निर्माणका लागि मस्यौदा गृहमन्त्रालयमा पेश गरेको छ ।

एक वर्षभित्र उक्त मस्यौदा कानुनमा रुपान्तरित हुन सके विदेशबाट मतदान गर्न पाउने व्यवस्था कार्यान्वयनमा लैजान सकिने प्रमुख आयुक्त थपलियाको भनाइ छ ।

समितिको छलफलमा भाग लिने अधिकांश सांसदले विदेशमा रहेका नेपालीहरुलाई मताधिकार दिने विषय सकारात्मक भएको बताएका छन् । तर, त्यसको निश्पक्षताको सन्दर्भमा प्रष्ट हुनुपर्ने र प्रश्न नउठ्ने गरी काम हुनुपर्नेमा सांसदहरुको जोड छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?