+

लगातार विकेट गएपछि दबाबमा नेपाल

२०८० कात्तिक  १६ गते ११:५७ २०८० कात्तिक १६ गते ११:५७
लगातार विकेट गएपछि दबाबमा नेपाल

१६  कात्तिक, काठमाडौं । ओमानले नेपालको लगातार विकेट लिइरहेको छ । छैटौं विकेटका रुपमा गुल्शन झा आउट भएका छन् । झा ३ रन जोडेर आउट भए ।

पाँचौं विकेटका रुपमा कुशल मल्ल आउट भएका थिए । ८.१ ओभरमा अकिब इलियासले कप्तान पौडेललाई बोल्ड गरे । पौडेलले १२ बलमा १२ रन मात्रै जोडे ।

ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले पनि राम्रो स्कोर बनाउन सकेनन् । भुर्तेलले २६ रन र आसिफले ५ रन मात्रै जोडे । वान डाउनमा आएका सोमपाल कामी १२ रन जोडेर आउट भए ।

१३ ओभरको खेल सकिदा ६ विकेट गुमाएर नेपालले ७९ रन बनाएको छ । ओमानले दिएको १४६ रनको चुनौती पछ्याएको नेपाल एकपछि अर्को विकेट गुम्दा दबाबमा परेको छ ।

नेपाली क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय