
१६ कात्तिक, काठमाडौं । नेकपा एमालेका सांसद हेमराज राईले गाजा क्षेत्रमाथि इजारायलले जारी राखेको आक्रमणलाई प्यालेस्टाइनी नागरिकको आमहत्याको संज्ञा दिएका छन् ।
बिहीबार प्रतिनिधि सभामा बोल्दै उनले भने, ‘इजरायलले हमासविरुद्ध आक्रमणको नाममा गरिरहेको प्यालेस्टाइनी नागरिकको आमहत्या र उनीहरुलाई आफ्नो घर जमिनबाट बेदखल गर्दै गाजा क्षेत्रमाथि गरिरहेको आक्रमण र कब्जाको घोर निन्दा भत्र्सना र विरोध गर्न चाहन्छु ।’
सांसद राईले युद्ध रोक्न संयुक्त राष्ट्रसंघबाट भएको पहललाई सहयोग गर्न नेपालको संसदबाट समेत प्रस्ताव पारित गर्नुपर्ने धारणा राखे ।
साथै उनले हमासको अपहरणमा रहेका विपिन जोशी सहित सबैको बिना शर्त रिहाइको समेत माग गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4