+

टी-२० विश्वकपमा छनोट हुन नेपालले भोलि यूएईसँग खेल्ने

२०८० कात्तिक  १६ गते १२:४५ २०८० कात्तिक १६ गते १२:४५
टी-२० विश्वकपमा छनोट हुन नेपालले भोलि यूएईसँग खेल्ने

१६ कात्तिक, काठमाडौं । टी–२० विश्वकपमा छनोट हुन नेपालले युएईसँग खेल्नुपर्ने भएको छ । समूह चरणको अन्तिम खेलमा ओमानसँग ५ रनले पराजित भएपछि नेपालको भेट युएईसँग हुने भएको हो ।

समूह विजेता बन्ने लक्ष्यसहित बिहीबार मैदान उत्रिएको नेपालले ओमानले दिएको १४६ रनको लक्ष्य भेट्टाउन सकेन ।

उता मूलपानीमा भएको समूह बीको खेलमा भने युएईले हङकङ २२ रनले हरायो । जितसँगै युएई समूह विजेता बनेकाले भोलि नेपालसँग फाइलनका लागि खेल्ने निश्चित गरेको हो ।

१७७ रनको लक्ष्य पछ्याएको हङकङ ८ विकेट गुमाएर १५४ रनमा समेटियो ।

एसिया छनोट फाइनल खेल्नुअघि त्रिकोणात्मक सिरिजको लिग चरणको दुबै खेलमा नेपालले यूएईलाई हराएको थियो । तर फाइनलमा नेपाललाई हराएर युएईले उपाधि जितेको थियो ।

अब भोलि ११ बजे हुने खेलमा नेपाललाई त्यो हारको बदला लिएर विश्वकपमा स्थान बनाउने मौका छ ।

टी-२० विश्वकप छनोट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय