+
+

पहिलो त्रैमासमा गुराँस लघुवित्तको खुद नाफा ९ लाख ३३ हजार रूपैयाँ

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १६ गते १४:०१

१६ कात्तिक, काठमाडौं । गत वर्षको पहिलो त्रैमासमा ६० लाख रुपैयाँ नोक्सानमा रहेको गुराँस लघुवित्तले अहिले भने ९ लाख रुपैयाँ नाफा कमाएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार यस अवधिमा ९ लाख ३३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । जबकि गत वर्षको पहिलो त्रैमासिक अवधिमा कम्पनी ६० लाख २ हजार रुपैयाँ नोक्सानीमा थियो ।

यसअघिको त्रैमास (गत आर्थिक वर्षको चौथो त्रैमास)को तुलनामा भने कम्पनीको नाफा खस्किएको छ । अघिल्लो त्रैमासमा कम्पनीले २९ लाख ८ हजार रुपैयाँ बराबर नाफा गरेकोमा यो त्रैमासमा ६७ प्रतिशत घटेको हो ।

यो आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले कुल ४ करोड ५१ लाख रुपैयाँ बराबर ब्याज आम्दानी गरेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा यस्तो आम्दानी ३ करोड ६१ लाख रुपैयाँ थियो ।

कम्पनीको समयमै नउठेको सावाँ तथा ब्याज रकम (निष्क्रिय कर्जा) बढेको छ । कुल कर्जामा निष्क्रिय कर्जा ४.२७ प्रतिशत छ । गत वर्षको पहिलो त्रैमासमा यस्तो कर्जा ३.९५ प्रतिशत मात्रै थियो । यसले कम्पनीको कर्जा असुली कार्य कमजोर रहेको देखाउँछ ।

कम्पनीले विश्लेषणात्मक विवरणमा आगामी दिनमा लघुवित्त विरोधी भ्रमहरु निवारण गरी कर्जा असुली कार्यलाई प्रभावकारी बनाउने उल्लेख गरेको छ । लघुवित्तको आधार दर १७ प्रतिशत छ ।

त्यस्तै प्रतिसेयर आम्दानी ३ रुपैयाँ ६८ पैसा छ भने प्रतिसेयर नेटवर्थ १२४ रुपैयाँ ५४ पैसा छ ।
कोशी प्रदेश स्तरको यस लघुवित्तले ३३ वटा शाखा कार्यालयमार्फत २० हजार परिवारलाई लघुवित्त सेवा प्रदान गर्दै आएको जनाएको छ । यो कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६५० रुपैयाँ हाराहारीमा रहेको छ । विगत एक वर्षमा कम्पनीको अधिकतम मूल्य ७७८ रुपैयाँसम्म पुगेको छ ।

पछिल्लो समय बढ्दो बैंक तथा वित्तीय संस्था विरोधी संगठित गतिविधिका कर्जा असुलीमा समस्या देखिएको कम्पनीले वित्तीय विवरणमा औंल्याएको छ । लगानीयोग्य रकममा सुधार आए पनि कोष लागत उच्च रहेका कारण आम्दानीमा संकुचन आएको कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?