+
+
विचार :

प्यालेस्टाइन नरसंहार : इजरायली जनस्तरमा विभाजित मनोविज्ञान 

यो युद्ध खासगरी नेतान्याहु र प्यालेस्टिनी दुवै पक्षका कट्टरपन्थीहरू बीचको हो । जबसम्म प्यालेस्टिनी र इजरायलीहरूको समान भविष्य सुनिश्चित हुँदैन तबसम्म यसप्रकारको द्वन्द्व मेटिने छैन ।

शशी पौडेल शशी पौडेल
२०८० कात्तिक १६ गते १४:०७

गएको शनिबार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले प्यालेस्टाइनका जनताविरुद्ध बदला लिन आह्वान गरे तर हमासले बन्धक बनाएका परिवारका सदस्यहरुको विचारलाई भने उनको यो भनाइले प्रतिनिधित्व गरेन ।

किन भने त्यही शनिबार साँझ उनले पीडित परिवारसँग भेटेका थिए । उक्त भेटमा पीडित पक्षले उनको आसयको ठीक विपरीत माग गरेका थिए । हमासले बन्धक बनाएकी रुमीकी आमा मेरभ लेसेम गोनेनले भनिन् ‘हाम्रा परिवारका सदस्यहरूको भाग्यलाई जोखिममा पार्ने कुनै कदम नचाल्नुहोस् भन्ने हाम्रो माग छ ।’

‘उनीहरूलाई घर ल्याउनुहोस् भन्ने नारा सहित तेल अवीभमा आयोजित एक र्‍यालीलाई सम्बोधन गर्दै उनले आह्वान गरिन्, ‘प्रिय प्यालेस्टाइनमा बन्दी बनाइएकाहरुका आफन्तहरु हो सबैले हाम्रा पुराना सम्झौताहरु माथि विचार गर्नुहोस् र दुबै तर्फका बन्दीहरुलाई फिर्ता गर्न दबाव दिनुहोस् ।’

उनका भनाइमा, ‘बन्दी आदानप्रदान गर्दा हमासले पनि इजरायलमा बन्दी बनाइएका प्यालिस्टाइनी बन्दीहरूलाई फिर्ता गरेको देख्नेछ र यदि यसो हुन सक्यो भने बल्ल बन्दी आदान-प्रदान कार्यको व्यापक राष्ट्रिय र अन्तर्राष्ट्रिय समर्थन मिल्ने छ ।’

नेतान्याहुले बन्धकहरूको फिर्तीलाई युद्धको अभिन्न उद्देश्यको रूपमा स्वीकार गरेनन्, त्यतिमात्र होइन कि उनले हमासलाई नष्ट गर्ने उनको उच्च प्राथमिकता रहेको कुरा दोहोर्‍याउन छोडेनन् ।

यति भनिरहँदा उनले के बिर्से भने थलसेनाद्वारा प्यालेस्टाइन माथि आक्रमण गर्दा इजरायली बन्धकहरूको जीवन पनि सुरक्षित हुनेछैन । केही इजरायली बन्धकहरु इजरायलकै आक्रमणबाट हताहत भैसकेको सार्वजनिक भएको छ ।

यसरी हेर्दा अहिले इजरायल भित्र इजरायली जनतामा विभाजित मनोविज्ञान पाइन्छ । केहीले खुल्ला रुपमै यो नरसंहारको लडाइ वा युद्धका निम्ति नेतान्याहुलाई पछ्याउन जरुरी छैन भनिरहेका छन् । उनीहरु बन्दी आदान प्रदानका लागि आह्वान गर्न दबाब दिन आवश्यक रहेको ठान्छन् । बन्धक रुमीकी आमा मेरभ लेसेम गोनेनले दोहोर्याएर भनेकी छिन्, ‘इजरायली राजनीतिमा सबैभन्दा प्रतिक्रियावादी हाम्रो आफ्नै देशका राजनीतिज्ञविरुद्ध एक हुनुपर्ने अवस्था आएको छ ।’

उनले अगाडि भनिन्, ‘इजरायलीहरु चट्टानबाट बनेका होइनन् भन्ने कुराको साक्षीका रुपमा गत वर्ष  नेतान्याहुको दक्षिणपन्थी सरकारले अदालतमा गरेको आक्रमणको विरुद्धमा भएको विशाल विरोध प्रदर्शनले प्रष्ट पारेको छ ।’

यद्यपि त्यो बेला जुलुसहरू राजनीतिक रूपमा मिश्रित थिए । केही प्रदर्शन आयोजकहरूले इजरायल विरोधी अभियानकर्ताहरू र प्यालेस्टिनी झण्डाहरूलाई स्वागत गरे भने केही प्रदर्शनकारीले  तिनीहरूलाई बहिष्कार गर्ने प्रयास गरे ।

त्यतिबेला बेलायतबाट प्रकाशित एक दैनिकले प्यालेस्टिनी र इजरायली जनस्तरबाट तीव्र आलोचना खप्नु परेको थियो । किनकि वामपन्थी समर्थक दैनिक मर्निङ्ग स्टारलाई प्यालेस्टिनी अधिकारहरूप्रति उदासीन रहेको र नेतान्याहुप्रति गरिएको विरोधको आन्दोलनलाई मात्र स्वागत गरेको भन्ने आरोप  लागेको थियो ।

स्लोभाकिस दार्शनिक स्लाभोज जिजेक भन्छन्, ‘यो युद्ध खासगरी नेतान्याहु र प्यालेस्टिनी दुवै पक्षका कट्टरपन्थीहरूको हो । जबसम्म प्यालेस्टिनी र इजरायलीहरूको समान भविष्य सुनिश्चित हुँदैन तबसम्म यसप्रकारको द्वन्द्व मेटिने छैन ।’

उनका भनाइमा, यो युद्ध नेतान्याहु र उनका अति दक्षिणपन्थी गठबन्धन साझेदारहरूको अभियान हो तर नेतान्याहुले के कुरा स्वीकार गर्न मानिरहेका छैनन् भने यो युद्ध प्यालेस्टिनीहरू र इजरायलीहरू दुबैका लागि विनाशकारी हुने छ ।

त्यसैले यस्ता अधिनायकवादीहरुको विरोध गर्न आवश्यक देखिन्छ। जबसम्म इजरायलमा साचो लोकतान्त्रिक परिवर्तनका लागि आफैंभित्र इजरायली जनता तयार हुँदैनन् तबसम्म उनीहरुले  प्यालेस्टाइन माथि कब्जा जमाउने सपना देख्न छाड्ने छैनन् ।

इजरायली नागरिकहरूको उत्पत्ति जुनसुकै अवस्थाबाट भएको भए पनि र जहाँबाट बसाइँ सराइ गराइएको भएपनि यदि बेलायतले १९४७ मा कपटपूर्ण ढंगले गाजा क्षेत्रलाई खुल्ला आकाश भएको जेल नबनाएको भए सायद यो स्थिति आउने थिएन । इतिहासमा जुनसुकै पक्षले काम गरेको भए पनि अबको अवस्थामा प्यालेस्टाइन र इजरायल दुबै राज्यले एकअर्काको राज्य स्वीकानु पर्छ ।

जबसम्म इजरायली राजनीतिमा कट्टरपन्थीहरु हावी भैरहन्छन् तबसम्म सायद यो सम्भव हुने छैन भन्ने उनको भनाइ छ ।

अवश्य इजरायलमाथि हमासको अक्टोबर ७ को आक्रमणको निःसर्त निन्दा गरिनु पर्छ । तर, के पनि बुझ्नुपर्छ भने इजरायलमा आज देखिएको विभाजित मनोविज्ञानले हमासको अक्टोबर ७ को आक्रमणका कारण सबैभन्दा बढी प्रभावित व्यक्तिहरू नै युद्ध चाहान्नन् भन्ने देखिन्छ ।

इजरायली गैरकानूनी बस्तीहरू र इजरायलको सिमाना भित्र प्यालेस्टिनीहरूमाथि अक्टोबर ७ पछि गरिएका आक्रमणहरु हिंस्रक भएको पुस्टी मात्रै होइन कि, जुन शायदै निम्नस्तरको जातीय सफाया गर्ने भन्ने कुटिल मनोविज्ञानले काम गरेको पुष्टी हुन्छ । साथै यो युद्ध इजरायली जनस्तरको चाहाना नभै अमेरिकीहरु र पश्चिमेलीहरुको स्वार्थमा भएको स्पष्ट छ ।

पश्चिमी देशहरु जो आफूलाई संसारका बादशाह ठान्छन् उनीहरुले दशकौंदेखि पश्चिम एशिया,  अफ्रिकी मुलुकहरुमा विभिन्न नाममा गरेका युद्धहरुले नरसंहार र भौतिक विनाश गरे । अनि ती मुलुकहरुलाई निचोरेको कागतीको खोस्टो फालेजस्तै असफल राज्य बनाएर छोडेका छन् । यस्तो अवस्थामा इजरायली र प्यालेस्टाइन जनताको स्तरबाट अतिवाद र अमेरिकी एवं बेलायतको साम्राज्यवादको विरोध गर्न आवश्यक छ ।

प्यालेस्टीनी जनधनको क्षति दिन प्रतिदिन बढ्दै गइरहेको छ । इजरायली सेनाहरू गाजाभित्र  पसिसकेका छन् र अब धेरै समय बाँकी छैन । यदि गाजाको विनाश रोक्ने हो भने इजरायली जनता, प्यालेस्टिनी जनता र अन्य अन्तर्राष्ट्रिय शक्तिहरूको एकता गराएर संयुक्त राष्ट्रसंघ माथि भिटो लगाउन दबाब दिन आवश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?