+

खेलकुद मन्त्री लिम्बू र रुसी राजदूतबीच भेटवार्ता

२०८० कात्तिक  १६ गते १७:४६ २०८० कात्तिक १६ गते १७:४६
खेलकुद मन्त्री लिम्बू र रुसी राजदूतबीच भेटवार्ता

१६ कात्तिक, काठमाडौं । युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बू र नेपालका लागि रुसका राजदूत एलेक्सेइ ए. नोभिकोभबीच बिहीबार भेटवार्ता भएको छ ।

सिंहदरबारस्थित खेलकुद मन्त्रालयमा भएको भेटमा सन् २०२४ को मार्चमा रुसको कजानमा हुने ‘गेम्स अफ फ्युचर’ का साथै खेलकुदका विविध पक्षबारे छलफल भएको हो ।

राजदूत नोभिकोभले गेम्समा नेपालको सहभागिताबारे यकिन हुन चाहेको बताउदै गेम्स अफ फ्युचरको उद्घाटन समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको समय मिले त्यसको तयारी गर्न रुस तयार रहेको बताए ।

खेलकुद मन्त्री लिम्बूले नेपाल÷रुसबीचको लामो र सुमधुर सम्बन्धलाई यस्ता कार्यक्रमले अझ प्रगाढ बनाउने विश्वास व्यक्त गर्दै गेम्समा सहभागितका लागि गम्भीर रहेको बताए ।

खेलकुद मन्त्रालयका सचिव र राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले गेम्सको विविध पक्ष बारे जानकारी लिएका थिए ।

सोही अवसरमा सन् २०२४ मा रुसकै सोचीमा मार्चमै हुने विश्व युवा महोत्सवमा नेपालको सहभागिताबारे पनि कुराकानी भएको खेलकुदमन्त्रीको सचिवालयले जनाएको छ ।

डिगबहादुर लिम्बू
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय