+
+

बेनेलीको बाइक खरिद गर्दा थाइल्याण्ड घुम्न जान पाउने अवसर

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १६ गते १८:०८

काठमाडौं । नेपालका लागि बेनेली मोटरसाइकलको आधिकारिक वितरक केटीएम इन्टरनेसनल ट्रेडिङ प्रालिले चाडपर्व लक्षित नयाँ अफर सार्वजनिक गरेको छ ।

दशैं र तिहार पर्वलाई लक्षित गरी ‘पहिला कहिल्यै नभएको अहिले’ नामक योजना सार्वजनिक गरेको हो । यो अफर बेनेलीका सबै मोडलका मोटरसाइकलका लागि मान्य हुनेछ ।

यसमा ग्राहकहरूले प्रत्येक खरिदमा थाइल्याण्डको निःशुल्क यात्रा वा सो बराबरको नगद छुट, बेनेलीको ब्रान्डेड हेल्मेट र अन्य धेरै उपहार प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

यो अफर विभिन्न मोडलहरूमा विविधिकरण गरिएको छ । जसमा बेलेनी पेनेरिया स्कुटर, टीएनटी–१५, टीएनटी–१५०आई र ३०२एस मोडलमा ग्राहकहरुले १ लाख रुपैयाँसम्मको स्क्र्याच कुपन र १८०एस तथा टीआरके बेनेली मोटरसाइकलमा थाइल्याण्ड भ्रमण वा सो बराबरको नगद छुट पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?