१६ कात्तिक, काठमाडौं । कोरिया ट्राइयाथलन महासंघको आयोजनामा कोरियामा आयोजना हुने २०२३ विश्व ट्राइयाथलन प्रशिक्षक कोर्समा सहभागिता जनाउन चार नेपाली प्रशिक्षक कोरिया प्रस्थान गरेका छन् ।
आज बिहीबार सुरु भएर ८ दिनसम्म हुने कोर्समा नेपालकातर्फबाट शुभ श्रेष्ठ, विनोद तन्डुकार, लक्ष्मी मगर र आसनारायण चौधरीले सहभागिता जनाउन लागेको नेपाल ट्राइयाथलन संघका महासचिव युवराज सुनुवारले जानकारी गराए ।
महासचिव सुनुवारका अनुसार शुभ, विनोद र लक्ष्मीले लेभल २ र आशनारायणले लेभल १ कोर्समा सहभागिता जनाउने छन् ।
उनीहरुलँई नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठले बिदाइ गरे ।
प्रतिक्रिया 4