+
+

सर्वोत्तम सिमेन्टले ६ मंसिरदेखि बुक बिल्डिङबाट सेयर जारी गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १७ गते ११:४९

१७ कात्तिक, काठमाडौं । सर्वोत्तम सिमेन्टले मंसिर ६ गतेदेखि योग्य संस्थागत लगानीकर्ताका लागि सेयर निस्कासन गर्ने भएको छ । संस्थागत लगानीकर्ताले मंसिर १० गतेसम्म बुक बिल्डिङमार्फत आवेदन दिन सक्नेछन् ।

कम्पनीको सेयरमा बिक्री मूल्य सीमा प्रतिकित्ता ४०१ रुपैयाँदेखि ६०१ रुपैयाँ ५० पैसा कायम गरिएको छ । कम्पनीको जारी पुँजी ४ अर्ब ६५ करोडको १२.९ प्रतिशतले हुने ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता सेयर बुक बिल्डिङ पद्दतिबाट निस्कासन गर्न लागेको हो ।

नेपाल स्टक एक्स्चेन्जले सञ्चालन गर्ने बोलकबोल प्रक्रियामा संस्थागत लगानीकर्तालाई बिक्री मूल्यको सीमाभित्र रही सेयर वितरण गरिनेछ । यसमा साधारण लगानी फिर्ता हुने अवधि ३ अर्ब ९ महिना तथा डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि ४ वर्ष ७ महिना रहेको छ ।

कम्पनीको सेयर निस्कासन तथा बिक्री प्रवन्धकमा ग्लोबल आईएमई क्यापिटल र एनआईएमबी एस क्यापिटल रहेका छन् ।

योग्य संस्थागत लगानीकर्ताले दिइएको आधार मूल्यमा २० प्रतिशत तलमाथिको सीमाभित्र रहेर आवेदन दिने सक्नेछन् । यसरी आवेदन माग गर्दा योग्य संस्थागत लगानीकर्तालाई निस्कासन हुने सबै सेयर जुन मूल्यमा बिक्री हुन्छ सोही मूल्यलाई कटअफ मूल्य निर्धारण हुने व्यवस्था बुक बिल्डिङ निर्देशिकामा छ ।

यसरी निर्धारण हुने कटअफ मूल्यमा १० प्रतिशत छुट दिई बाँकी रहेको ६० प्रतिशत सेयर सर्वसाधारणलाई निस्कासन हुनेछ । पहिलो चरणमा योग्य संस्थागत लगानीकतालाई निस्कासन गर्नेगरी २४ लाख कित्ता सेयर बिक्री गर्न लागिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?