+
+

सीएनआई र यूएनसीडीएफबीच सहकार्य, लगानी र व्यापार अभिवृद्धि गर्न ‘अगोरा’मा आबद्ध

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १७ गते १३:४७

१७ कात्तिक, काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई) संयुक्त राष्ट्रसंघ पूँजी विकास कोष (यूएनसीडीएफ) को सहयोगमा लगानी तथा व्यापार अभिवृद्धिमा सहयोग गर्न ‘अगोरा’ प्लेटफर्ममा आवद्ध भएको छ ।

अगोरा विकासशील, उदीयमान र सीमावर्ती बजारका उद्यमी, लगानीकर्ता र विज्ञहरूसँग जोड्ने वेब प्लेटफर्म परियोजना हो ।

शुक्रबार परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल र यूएनसीडीएफका उपकार्यकारी सचिव जेभियर मिचोनले अगोरा प्लेटफर्म सञ्चालन तथा आवद्धता सम्बन्धी समझदारीपत्रमा सम्झौता आदानप्रदान गरे ।अगोरा प्लेटफर्ममा आवद्ध भएको नेपाल उद्योग परिसंघ पहिलो संस्था हो ।

सो समझदारीसँगै अगोरा प्लेटफर्ममा आवद्ध भएको छ र परिसंघले नेपाली उद्योगहरूको लागि लगानी प्रवद्र्धनलाई बढावा दिन अगोरा प्लेटफर्मलाई अगाडि बढाउनेछ ।

उत्पादन तथा सेवामुलक उद्योगहरुको प्रतिनिधिमूलक संस्था परिसंघले अगोराको घरेलु परिनियोजनको निरीक्षण गर्नेछ ।

साथै नेपालका उद्यमी एवम् व्यवसायीहरुलाई उद्यमशीलताको विकासका लागि आवश्यक पर्ने वित्तीयसहित विशेषज्ञता आवश्यकताको आधारमा दिइनेछ ।

अगोराले देशको औद्योगिक र संस्थागत क्षेत्रमा रोजगारीका अवसरहरू सिर्जना गर्दै स्वदेशी एवम् विदेशी लगानी प्रर्द्धन गर्ने परिसंघले जनाएको छ ।

परिसंघका अध्यक्ष अग्रवालले यूएनसीडीएफसँगको सहकार्यबाट नेपालमा लगानीको परिदृश्यलाई रूपान्तरण गर्न अगोरा प्लेटफर्म महत्वपूर्ण हुने विश्वास व्यक्त गरे ।

संयुक्त राष्ट्र संघको पूँजी विकास कोषले अगाडि सारेको ‘अगोरा’ मा नेपाली वस्तुहरुलाई आवद्ध गराउने र नेपाली वस्तुहरु अन्तर्राष्ट्रिय बजारमा पहुँच पुर्‍याउन महत्वपूर्ण हुने उनले बताए ।

परिसंघले मेक इन नेपाल स्वदेशी अभियानमार्फत नेपाली वस्तुहरुको प्रवर्द्धनमा काम गर्दै आएको भन्दै उनले यस प्लेटफर्ममार्फत अन्तर्राष्ट्रिय बजारमा पहुँच पुग्ने मात्रै नभई अन्तर्राष्ट्रिय व्यावसायिक सञ्जालमा पुग्न प्रभावकारी माध्यम बन्ने बताए ।

अगोराले सूचना प्रसारणमा भएको कमीलाई पूरा गरी व्यवसाय, उद्यमी र समुदायहरूलाई पूँजी निर्माणमा समेत योगदान गर्ने उनको भनाइ छ ।

यूएनसीडीएफका उपकार्यकारी सचिव मिचोनले परिसंघसँगको अर्थपूर्ण सहकार्य र साझेदारीले नेपाली वस्तुहरुको अन्तर्राष्ट्रिय बजारमा पहुँच विस्तार गर्न निकै सहयोग हुने बताए ।

अगोराले विदेशी लगानीकर्ताहरूलाई ‘किन नेपाल’ बाट ‘किन नेपालमा नगर्ने’ भन्ने मानसिकतामा परिवर्तन ल्याउन मद्धत गर्न सक्ने समेत उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?