
१८ कात्तिक, काठमाडौं । भूकम्प प्रभावित जिल्ला जाजरकोट र रुकुममा घाइते भएका हेलिकप्टरबाट २९ जना भेरी अस्पतालमा आइपुगेका छन् ।
अस्पतालका पूर्वनिर्देशक डा. बद्री चापागाईंका अनुसार ८० जनासम्म बेडमा राखेर उपचार गर्ने क्षमता छ ।
‘घाइते बिरामी आउने क्रम चलिरहेको छ । एक जना बिरामी बाटो आउँदा आउँदै मृत्यु भएको रहेछ’, डा. चापागाईंले भने, ‘अस्पतालका सबै स्वास्थ्यकर्मीलाई परिचालन गरिएको छ ।’
उनका अनुसार २९ जनामध्ये तीन जनाको अवस्था गम्भीर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4