+

मलेसियामा भएको अल्ट्रा च्यालेन्ज दौडमा नेपालकी रशिला दोस्रो

२०८० कात्तिक  १९ गते ८:४९ २०८० कात्तिक १९ गते ८:४९
मलेसियामा भएको अल्ट्रा च्यालेन्ज दौडमा नेपालकी रशिला दोस्रो

१९ कात्तिक, काठमाडौं । नेपाली अल्ट्रा धाविका रशिला तामाङ मलेसियामा भएको अल्ट्रा च्यालेन्ज दौडमा दोस्रो भएकी छनि  ।

दी नर्थ फेस मलेसिया माउन्टेन ट्रेल फेस्टिभल २०२३ अन्तर्गत ५० किमी अल्ट्रा च्यालेन्जमा महिलातर्फ रशिला दोस्रो भएकी हुन् ।

उनले ७ घण्टा २७ मिनेट १८ सेकेण्डमा दौड पूरा गरिन् ।

६ घण्टा ५३ मिनेट ४६ सेकेण्ड समयमा दौड पूरा गरेकी बेल्जियमकी अउरोर डासियर पहिलो भइन् ।

नेपालबाट रशिलासँगै छोकी शेर्पा पनि सहभागी भएकी थिइन् । छोकी चौथो भइन् ।

रशिलाले अन्तर्राष्ट्रिय स्तरको अल्ट्रा रेसमा नियमित जसो सहभागिता जनाउँदै आएकी छन् । भाग लिएका अधिकांश दौडमा शीर्ष तीन भित्र पर्न सफल रशिलाले चीनमा भएको जिओजी माउन्टेन क्रसिङ कम्पिटिसन, नेपालमा युनिभर्सिटी च्याम्पियनसिप, गोदावरी रनिङ फेस्टिभल र हिमालयन आउटडोर,  ४२ किमीको एभरेष्ट म्याराथन, स्विट्जरल्याण्डमा भएको यूटीएमआरमा लगायतमा पहिलो भइसकेकी छन् ।

अल्ट्रा च्यालेन्ज रशिला तामाङ
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय