
१९ कात्तिक, काठमाडौं । ग्लोबल आईएमई बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीका लागि लाभांश घोषणा गरेको छ ।
बैंकको १९ कात्तिकमा बसेको सञ्चालक समितिको बैठकले कुल ९ प्रतिशत लाभांश दिने घोषणा गरेको हो । जसमध्ये ८ प्रतिशत नगद लाभांश र १ प्रतिशत बोनस सेयर वितरण गरिने बैंकले जनाएको छ ।
बैंकले यो लाभांश प्रस्ताव साधारणसभामा लगेर पारित गरेपछि मात्रै सेयरधनीले पाउने छन् ।
ग्लोबल आईएमईसहित ८ वाणिज्य बैंकले लाभांश घोषणा गरिसकेका छन् । यसअघि स्टान्डर्ड चार्टर्ड, सिद्धार्थ, सिटिजन्स, सानिमा, एनआईसी एसिया, एभरेस्ट र माछापुच्छ्रे बैंकले लाभांश घोषणा गरिसकेका छन् । यीमध्ये केहीले सेयरधनीलाई वितरण गरिसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4