
१९ कात्तिक, काठमाडौं । जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पबाट भएको क्षति संकलन गर्न राष्ट्रिय योजना आयोगले काम थालेको छ ।
आयोगका सदस्य डा. रामकुमार फुयाँलका अनुसार आयोगमा एक्सन टिम बनाएर शनिबारदेखि नै क्षतिको संकलनको काम प्रारम्भ गरिएको छ ।
यसका लागि स्थानीय तहहरुसँग समन्वय गरी विवरण संकलन गरिने उनले जानकारी दिए ।
अहिले राहत र उद्दारको काम चलिरहेको र यो निष्कर्षमा पुग्नासाथ क्षतिको आंकलनको काम समेत सँगै गरिने उनले जानकारी दिए ।
यसअघि २०७२ सालको भूकम्पमा समेत आयोगले क्षतिको विवरण संकलन गरी प्रतिवेदन निकालेको थियो ।
नेपाल सरकारले भूकम्पबाट ज्यान गुमाएका परिवारलाई प्रतिमृतक २ लाख रुपैयाँ राहत दिने निर्णय गरिसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4