
१९ कात्तिक, काठमाडौं । निर्माण व्यवसाय विकास परिषद्ले निर्माण व्यवसाय कोषबाट भूकम्प पीडितका लागि २५ लाख रुपैयाँ सहयोग उपलब्ध गराउने निर्णय गरेको छ ।
परिषद्को अध्यक्ष भौतिक पूर्वाधार तथा यातायात मन्त्री रहने व्यवस्था छ ।
आइतबार बसेको परिषद्को बैठकले प्रधानमन्त्री दैवि प्रकोप राहत कोषमा जम्मा हुने गरी २५ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो ।
यस परिषद्मा नेपाल निर्माण व्यवसायी महासंघ समेत सदस्य रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4