१९ कात्तिक, काठमाडौं । टी–२० विश्वकप एसिया छनोटमा ओमानमा अलराउण्डर अकिब इतियास प्लेयर अफ दि टुर्नामेन्ट बनेका छन् ।
सुपर ओपर ओभरमा घरेलु टोलीलाई पराजित गर्दै ओमानले उपाधि जितेको थियो । प्रतियोगितामा शत प्रतिशत जित दिलाउन भूमिका खेलेका उनी प्लेयर अफ दि टुर्नामेन्ट घोषित भए ।
नेपालका कुशल भुर्तेल बेस्ट ब्याटर बने । उनले पाँच खेलमा एक अर्धशतकसहित १८५ रन बनाएका थिए । ओमानका बिलाल खान बेस्ट बलर बने । उनले पाँच खेलमा ११ विकेट लिएका थिए ।
बेस्ट नेपाली प्लेयर अफ दि सिरिज गुल्सन झा बने । उनले मोटरसाइकल पुरस्कार पाएका छन् ।
प्रतिक्रिया 4