+
+

लोकगायिका तीर्थकुमारी थापाको एकल साँझ हुने

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २० गते ११:३९

काठमाडौं । अग्रज लोकगायिका तीर्थकुमारी थापाको पहिलो एकल सांगीतिक साँझ हुने भएको छ । आगामी मंसिर ८ गते राष्ट्रिय नाचघर, जमलमा ‘तीर्थकुमारी स्वर्णिम साँझ २०८०’ हुने आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

अन्नपुर्ण चेम्बर अर्केस्टाले आयोजना गर्न लागेको एकल साँझमा गायिका थापाले दुई दर्जन गीत प्रत्यक्ष बाद्यवादनमा गाएर प्रस्तुत गर्नेछिन् । पाँच दशकभन्दा लामो समयदेखि नेपाली लोकसंगीतमा सक्रिय थापाका ‘म त खाँदिन कुवाको पानी हो’, ‘ढुङ्गे बगर माया’,‘झम्के फूली नाकैमा बुलाकी’,‘उकालीमा पनि हजुर मोटर जाँदो रैछ’,‘बारीको डिलमा ओखरबोट’,‘माछी मार न हे दाइ हो’ लगायत थुप्रै गीत लोकप्रिय छन् ।

पत्रकार सम्मेलनमा गायिका थापाले जीवनकै पहिलो एकल साँझ गर्न पाउँदा उत्साहित रहेको बताइन् । गायिका थापाका छोरा एवं संगीतकार सुरज थापाले एकल साँझलाई भव्य बनाउन कुनै कसर बाँकी नराख्ने बताए । ‘आमाको सपना थियो, यसलाई पूरा गर्न पाउँदाको खुसी शब्दमा व्यक्त गर्न सक्दिन । हामीले युगल गायनमा आमासँग गाउन सक्ने पुराना गायक नै प्रस्तुत गर्नेछौं । बाँकी केहीमा मैले पनि साथ दिनेछु,’ सुरजले भने ।

२०२८ सालमा रेडियो नेपालमा गीत रेकर्डिङ गरेर संगीत यात्राको थालनी गरेकी थापाले एक हजार भन्दा बढी गीतमा स्वर दिएकी छन् । उनी प्रबल गोरखा दक्षिणबाहु मानपदवी-२०५७, वीरेन्द्र ऐश्वर्य सेवा पदक २०५८ लगायत दर्जनौं सम्मान, पदक र पुरस्कारबाट सम्मानित भइसकेकी छन् ।
एकल साँझले सामाजिक जिम्मेवारी र सांस्कृतिक प्रवर्द्धनमा समेत प्रेरणा दिन सहयोग पुग्ने अपेक्षा रहेको आयोजकले जनाएको छ । कार्यक्रममा प्रवेशका लागि एक हजार, एक हजार पाँच सय र दुई हजार रुपैयाँको टिकट दर राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?